दुर्गा प्रसाईको नक्कली ‘सुनको लौरो’ र ‘राजकुमार’ले ल्याएको तरंग


काठमाडौं । झापाको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका दुर्गा प्रसाईले भित्र्याएको नक्कली ‘सुनको लौरो’ र ‘राजकुमार’ले तरंग ल्याएको छ ।

प्रसाईले आफ्ना विजेनस पार्टनर भनेर दाबी गरेका ‘राजकुमार’ नक्कली भएको चर्चा चल्न थालेको छ । उनले दुबईका राजकुमार भनेर परिचित गराएका शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमले उपहार दिएको ‘सुनको लौरो’ पनि नक्कली परेको चर्चा छ ।

‘राजकुमार’ले प्रसाईलाई उपहार दिएको ‘सुनको लौरो’ भन्सार छलेर ल्याएको भन्दै चौतर्फी आलोचना भएपछि उनले त्यो लौरो सरकारलाई दिने घोषणा गरेका छन् । गृहमन्त्री बालकृष्ण खाँणसँग सुनको लौरो सरकारलाई दिने गरी कुराकानी भएको मेडिकल व्यवसायी प्रसाईको भनाइ छ । तर उनल  उपहार पाएको ‘सुनको लौरो’ र दुबईको ‘राजकुमार’ दाबी गरिएका व्यक्ति दुवै नक्कली परेका छन् । उनी दुबईको ‘राजकुमार’ हुन भन्ने कुरा पुष्टि हुन नसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रसाईले राजकुमारसँग मिलेर दुबईमा पनि बिएण्डसी मेडिकल कलेज खोल्ने उद्‌घोष गरेका छन् । तर उनले नक्कली राजकुमार र लौरोको भरमा घोषणा गरेका कुराले थप शंका उब्जाएको छ । नक्कली राजकुमार मक्तुमले ल्याएका सुनको लौरो सुन जस्तै देखिने धातु रहेको खुलेको छ ।

दुबईका राजकुमारको नाम शेख हमदन बिन मोहम्मद बिन रसिद अल मक्तुम रहेकाले उनी नक्कली राजकुमार परेको तथ्य खुलेको छ । राजपरिवारसँग सम्बन्ध र थर जोडिएकै आधारमा शेख मोहम्मद मक्तुम जुमा ला मक्तुमलाई दुर्गा प्रसाईले ‘राजकुमार’ बनाइदिएको चर्चा सुरु भएको छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com