स्वास्थ्यमन्त्री विरोध खतिवडा कांग्रेस प्रवेश गर्ने चर्चा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा नेपाली कांग्रेस प्रवेश गर्ने चर्चा व्यापक छ ।

नेकपा एकीकृत समाजवादी(एस)बाट नेतृत्व गर्दै सरकारमा गएका खतिवडा आगामी संघीय चुनावमा कांग्रेस प्रवेश गरी चुनाव लड्ने तयारी भइरहेको चर्चा छ ।

नेकपा एसले उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीबाट फिर्ता बोलाएर भवानी प्रसाद खापुङलाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेसँगै खतिवडा कांग्रेसका मकवानपुरे नेताहरूसँग छलफल जुटको पाइन्छ ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर दुईभित्र पर्ने पालिकाहरूमा कांग्रेसले बलियो उपस्थिति देखाएसँगै स्वास्थ्यमन्त्री खतिवडा कांग्रेसमा जान हौसिएको कांग्रेस नेताहरू बताउँछन् ।

स्वास्थ्यमन्त्री खतिवडाले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँमार्फत कांग्रेस प्रवेश गर्न संवाद बढाएको दाबी गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एसबाट  अध्यक्षको उम्मेदवार बनेका जीवन लामामा ५ सय मत पनि नकटाएपछि उनी झस्किएका हुन् । गाउँपालिकाका अध्यक्ष भइसकेका लामाको लजास्पद हार र मकवानपुर क्षेत्र नम्बर २ मा कांग्रेसको बलियो उपस्थितिले खतिवडालाई कांग्रेसप्रति मोह जागेको हुन सक्ने कांग्रेस नेताहरूको तर्क छ ।

कुशल संगठकका रुपमा परिचिय कांग्रेस नेता बानियाँ मकवानपुरको जुन क्षेत्रमा उठ्यो त्यहाँबाट जित्दै आएका छन् । स्वास्थ्यमन्त्री खतिवडाको क्षेत्रमा पनि उनी निकै लोकप्रिय देखिन्छन् । हरेक हिसाबले स्वास्थ्यमन्त्री खतिवडालाई कांग्रेसनै उपयुक्त हुने सुनाउँदै कांग्रेस मकवानपुरका एक नेताले उनी कांग्रेसमा आउन सक्ने सम्भावना प्रवल रहेको बताउँछन् ।

स्वास्थ्यमन्त्री खतिवडा कांग्रेस प्रवेश गर्ने कुरा मकवानपुर कांग्रेस वृत्तमा निकै चर्चा छ । पार्टीले सरकारबाट फिर्ता बोलाएपछि उनी रुष्ट बनेका छन् । त्यसैले मकवानपुर कांग्रेसका नेताहरुको यो दाबी यथार्थमा परिणत नहोला भन्न सकिन्न ।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्र बहादुर बानियाँ, #नेकपा एकीकृत समाजवादी, #नेपाली कांग्रेस, #बागमती प्रदेश मकवानपुर इन्द्रसरोवर गाउँपालिका, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com