को हुन् श्रीमती भक्कुर्ने नोबेल अस्पतालका डाक्टर ?


काठमाडौं । बिराटनगरस्थित नोबेल अस्पतालका एक चिकित्सकमाथि श्रीमती भक्कुर्ने गरेको आरोप लागेको छ । सामाजिक सञ्जाल ट्वीटरमा नोबेल अस्पतालका ती चर्चित डाक्टरले श्रीमतीलाई दिनरात कुट्ने गरेको आरोप लगाइएको छ । तर ती चर्चित डाक्टर को हुन् भन्ने चाहिँ खुलेको छैन ।

ट्वीटर प्रयोगकर्ता निशा वली लेख्छिन्, ‘बिराटनगरको नोबेल अस्पतालको चर्चित डाक्टरले श्रीमतीलाई दिनरात कुट्ने रहेछन् । बुढाको बेइज्जत नहोस भनेर लामो समय देखि सहेर बस्नु भएको रहेछ । बुढाको इज्जत, माइतीको इज्जत, समाजले के भन्ला, छिमेकीले के भन्ला ? भनेर अन्याय सहेर नबसौ हैं ।’, उनले ती डाक्टरको परिचय भने खुलाएकी छैनन् ।

वलीले श्रीमती कुट्ने डाक्टरको नाम उल्लेख नगरेपछि धेरैको तीर नोबेल अस्पतालका मालिक सुनिल शर्मा न्यौपानेतिर सोझिन्छ । तर पत्रकार गोपाल बुढाथोकीले ती डाक्टर नेपाल थरका भएकाे दाबी गरेका छन् ।  ‘कन्फर्म गरिसकेँ । नेपाल रहेछन् । न्यौपाने ब्रदर पनि कमचाहिँ होइनन् ।’, उनले लेखेका छन् । नोबेल अस्पतालमा निर्देशकसहित धेरै डाक्टर नेपाल थरका रहेका छन् । तर उनी को हुन् भनेर पुष्टि गर्न भने सकिएको छैन ।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com