अस्पतालबाट सत्यमोहन जोशीले राखेको अन्तिम इच्छा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पूरा गरिदिए


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीले अस्पतालबाट राखेको अन्तिम इच्छा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले पूरा गरिदिएका छन् ।

संस्कृतिविद् जोशीलाई अस्पतालको वेडमा भेट्न पुगेका पर्यटनमन्त्री श्रेष्ठलाई उनले आफ्नो अन्तिम इच्छा भन्दै चक्रसंवर पौभा निर्माणका लागि प्रस्ताव गरेका थिए । जोशीको प्रस्ताव अनुसार चक्रसंवर पौभा निर्माणका लागि पर्यटनमन्त्री श्रेष्ठले ४५ लाख विनियोजन गरिदिएका छन् ।

नेपालबाटै लोप हुन लागेको चक्रसंवर पौभा (प्राचन भित्ते चित्र) को संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले आफूले आवश्यक बजेट विनियोजन गरेको पर्यटनमन्त्री श्रेेेष्ठको भनाइ छ ।

लोक चित्रकारको नेतृत्वमा भइरहेको चक्रसंवर पौभा निर्माणको कामलाई पूर्णता दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले विशेष योगदान पुर्‍याएका छन् ।चक्रसंवर पौभा निर्माणका लागि विशेष भूमिका खेलेको भन्दै शताब्दी पुरुष जोशीले पर्यटनमन्त्री श्रेष्ठलाई धन्यवाद समेत दिएका छन् । जोशीलाई भेट्न उनको निवासमा पुगेका श्रेष्ठलाई नेपालको प्राचिन कला र सभ्यता जगेर्ना गर्न अग्रसरता देखाएकोमा धन्यवाद दिँदै उच्च प्रशंशा गरेका छन् ।

युनेस्कोको मापदण्ड र स्वीकृति अनुसार चक्रसंवर पौभा निर्माण भइरहेको जनाउँदै संस्कृतिविद् जोशीले यो नेपालको मात्र नभइ विश्वकै सम्पदा भएको बताए । पर्यटनमन्त्री श्रेष्ठले नेपालको प्राचिन कलालाई संरक्षण गर्न आफूले निरन्तर सक्रियताता देखाउने बताए ।

चक्रसंवर पौभाको अवलोकन गर्दै सत्यमोहन

चक्रसंवर पौभा निर्माणको नेतृत्व गरिरहेका लोक चित्रकार चक्रसंवर पौभा लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाभन्दा पुरानो भएको दाबी गर्छन् । चक्रसंवर पौभा चित्रकला बुद्ध धर्मको तन्त्रयानसँग जोडिएको बताउँदै उनले यो तिब्बती परम्परागत चित्रकला थान्काभन्दा पुरानो रहेकाे स्पष्ट पारे । लोक चित्रकारले यो प्राकृति रङबाट बनाइने समेत सुनाए ।

चक्रसंवर पौभा निर्माण गर्दै लोक चित्रकार

थान्का चित्रकला नेवार जातिहरू परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो देखिन्छ । यो चित्रकलाई विश्वमाझ चिनाउने शताब्दी पुरुष सत्यमोहन जोशी अन्तिम इच्छा छ । त्यो इच्छा पूरा गरिदिन बागमती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले अग्रसरता लिएका छन् । चक्रसंवर पौभा निर्माणका लागि आफूले जस्तोसुकै सहयोग र सक्रियता देखाउन तयार रहेको पर्यटनमन्त्री श्रेष्ठको उद्‌घोष छ । उनले बजेट व्यवस्थापनदेखि अन्य प्रबन्ध मिलाउने काम समेत गरिसकेका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #चक्रसंवर पौभा, #पौभा- थान्का, #लोक चित्रकार, #शताब्दी वाङ्मयपुरूष सत्यमोहन जोशी, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com