ट्रमा सेन्टरको मेसुमा प्रमोद यादव, जोशीको गेटामा सरुवा


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको मेसुमा प्रमोद यादवको सरुवा भएको छ । ट्रमा सेन्टरका मेसु प्रमोद जोशीको भने गेटा मेडिकल कलेजमा सरुवा गर्ने निर्णय भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार ३ सय वेडको अस्पताल सञ्चालन हुन लागेको गेटामा जोशीलाई पठाउन लागिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार ट्रमा सेन्टरका मेसु जोशीलाई गेटा पठाउन लागिएको स्रोतको भनाइ छ । प्रधानमन्त्री देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने तयारी थालेका छन् । त्यसैका लागि जोशीलाई प्रमुख बनाएर गेटा पठाउन लागिएको बुझिन्छ ।

यता राष्ट्रिय ट्रमा सेन्टरमा  मधेश प्रदेशको जनकपुरधामस्थित प्रादेशिक अस्पतालका मेसु प्रमाेद यादवलाई ल्याउन खोजिएको हो । ‘यादव र जोशीको सरुवा गर्ने निर्णय भइसकेको छ । भोलि पत्र दिने तयारी रहेकाे छ ।’, मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com