डा. रावलमाथि पार्टीको काममा प्रतिष्ठानको स्रोत साधन दुरुपयोग गरेको आरोप


काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति  डा. मंगल रावलसहितका पदाधिकारीमाथि पार्टीको काममा प्रतिष्ठानको स्रोत साधन दुरुपयोग गरेको आरोप लागेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उक्त आरोप लागेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउन अभियानका जीवन बुढा थापाले अख्तियारमा उजुरी हाल्दै पदाधिकरीले प्रतिष्ठानको गाडी लगायतका स्रोत साधन दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

कर्णाली प्रतिष्ठानका पदाधिकारीले पार्टीको काममा हिँड्दा तलब भत्ता लिएको र काठमाडौं बसेर हाजिर गरिरहेको उजुरीमा उल्लेख छ । तलब र होटल भत्ता दुरुपयोग गरेको र हाजिर आफैसँग राखेर अख्तियारको दुरुपयोग गरेको उजुरीमा दावी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com