सेभ द चिल्ड्रेनका सिंहले दिए सरकारलाई धम्की


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्र एनजिओ, आईएनजीओको नाङ्गो हस्तक्षेप हुँदा समेत मौन बसेका अधिकारीमाथि पुनः सेभका एक कर्मचारीले धम्की दिएको खुल्न आएको छ ।

सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियमा कार्यरत एक व्यक्तिले सरकारी सिस्टम र सम्बन्धित अधिकारीलाई धम्कीपूर्ण ईमेल लेखी आफ्नो हेड अफिसमा कार्यरत अधिकारीलाई समेत पठाएको ईमेल स्वास्थ्य लाइभले फेला पारेको हो ।

नेपालगञ्जमा कार्यरत मीमबहादुर सिंहले सरकारलाई धम्की दिँदै राष्ट्रिय क्षयरोग केन्द्रमा सेभका राजेन्द्र बस्नेतलाई इमेल लेखेका छन् र सेभका उच्च अधिकारीलाई समेत ‘सिसी’ गरेका छन् । सरकारलाई धम्क्याउने हैसियत सिंहले कसरी बनाए त्यस विषयमा हामी विस्तृत खोजबिन गर्नेछौं । नेपालगञ्जमा क्षयरोगी पत्ता लगाउने विषयमा सरकारले ‘ईटिबी’ कार्यक्रम आयोजना गरिरहेको छ । अपेक्षित केस घट्न नसकेपछि सरकारले बढी संक्रमित भएका नेपालगञ्जमा स्वास्थ्यकर्मीहरुको सहभागितामा ‘ईटिबी’ तालिम सुरु गरेको हो ।  

चिकित्सक र पालिकाका स्वास्थ्यकर्मी सचेत भएको खण्डमा क्षयरोगी पत्ता लगाउन सहज हुने अधिकारीहरुको भनाई छ । तर, सेभमा कार्यरत यी कर्मचारीले ‘केस’ पत्ता लगाउन सरकारले गरेको कार्यक्रमलाई लिएर धम्की दिनु र आपत्ती जनाउनु आश्चर्य छ । सरकारलाई धम्क्याउने सिंहमाथि सेभले मात्र हैन सरकारले कारबाही अगाडि बढाउने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् । यदी उनीहरु कारबाही गर्न सक्दैनन् भने स्वास्थ्य लाइभ यिनलाई कारबाहीको दायरामा ल्याउन सशक्त भूमिका खेल्ने छ । जुन हाम्रो कर्तव्य पनि हो ।

सिंहको हैसियतमाथि सरकारी अधिकारीहरुले प्रश्न उठाएका छन् । सरकारी अधिकारीहरुले सेभलाई ईमेल पठाइसकेका छन् । यसमा के हुन्छ हामी जानकारी गराउँने नै छौं । कुनै हैसियत नै नभएका सिंहको यो गतिविधि र क्रियाकलापहरुले नेपालमा क्षयरोग अन्त्यको लक्ष्य प्राप्ति र नेपाली नागरिकलाई सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्नेमा आशंका उब्जिएको छ । सेभलाई समेत यस्ता कर्मचारीले बदनाम गराइरहेका छन् । सिंहको यो हर्कतले पनि त्यो कुरा स्पष्ट भएको छ ।

नेपालमा संविधान छ । ऐन कानूनहरु छन । विधि छन् । प्रक्रियाहरु छन । नेपाल सरकारले नियुक्ति गरेका राष्ट्र सेवकहरु नेपालको संविधान नेपालको प्रचलित ऐन कानून विधि र प्रक्रियाबाट संचालित र निर्देशित छन् । उनीहरुको अनुगमन नियमन र निर्देशन गर्ने माथिल्ला निकायहरु पनि छन । माथिल्ला निकायहरुबाट नै उनीहरु निर्देशित भएर आफ्नो कार्य सम्पादन गरिरहेका हुन्छन् । यस्तो अवस्थामा सेभ ग्लोवल फण्ड नेपालको संविधानभन्दा माथि छ, नत सिंह नै छन् । तर, यस्ता कर्मचारीलाई संरक्षण गर्नुले स्वयं सेभमाथि प्रश्न तेर्सिएको छ ।

सिंहले दिएको धम्कीपूर्ण ईमेलबाट गम्भीर ध्यानाकर्षण भएको सरकारी अधिकारीहरुले बताएका छन् । सरकारी एक अधिकारीले भनेका छन्, ‘सेभलाई विनम्रतापूर्वक अनुरोध गर्दछौं सिंहले पठाएको ईमेलबारेमा हाम्रो घोर आपत्ति छ । साथै यसको घोर निन्दा र भर्सना समेत गर्दछौं ।’,

सेभका राजन भट्टराइलाई ईमेल लेख्दै एक कर्मचारीले सोधेका छन् ‘यहाँको संस्थाको कर्मचारीले हामी नेपाल सरकारका कर्मचारीहरुलाई यस प्रकारको धम्कीपूर्ण भाषामा लेख्ने हैसियतका सम्बन्धमा लगायत उहाँको टिओआरलगायतका विषषयमा यस प्रकारको कामहरु गर्ने विषय समावेश भएका छन् वा छैनन् ? यदि छैनन् भने यस्तो निन्दनीय काम कारबाही गर्नेमाथि यहाँको संस्थाले कसरी सम्बोधन गर्ने गरेको छ ।’, सो सम्बन्धमा विस्तृत जानकारी उपलब्ध गराउन स्वास्थ्यका ती कर्मचारीले निर्देशन दिएका छन् ।

*यस अगाडि राजेन्द्र बस्नेतलाई  ईमेल पठाएको भन्नु पर्नेमा अन्यथा हुन गएकाले सच्याइएको छ । -सम्पादक

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com