पूर्वाधार विकास मन्त्रालयमा प्रशासनका एक सहसचिव फाजिलमा


काठमाडौं। पूर्वाधार विकास मन्त्रालयका एक सहसचिव फाजिलमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) अनुसार नेपल प्रशासन सेवाको एक सहसचिवको मात्र दरबन्दी कायम भएको छ। उक्त मन्त्रालयमा प्रशासन सेवाका रुद्रप्रसाद पण्डित र बलराज रिज्याल सहसचिव रहेकाले एकजना सहसचिव फाजिलमा परेका हुन्।

साबिकको खानेपानी मन्त्रालयका सहसचिव पण्डित र साबिकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रिज्याल पूर्वाधार विकास मन्त्रालयमा मिसिन पुगेका थिए। पूर्वाधार विकास मन्त्रालय नयाँ ओएन्डएमपछि एक सहसचिव फाजिलमा परेका हुन्।

गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भएर आएका पण्डित र सामान्यको कर्मचारी प्रशासन महाशाखा बसेर आएका रिज्याल पुरानो सत्ताका लाभग्राही सहसचिव हुन्। पण्डित माओवादी र रिज्याल एमाले निकट कर्मचारी हुन्। यिनीहरूमध्ये एकजना फाजिलमा परेका छन्।

सरकारले यी दुबै सहसचिवलाई अन्यत्र व्यवस्थापन गरेर पूर्वाधार विकास मन्त्रालयमा अर्को सहसचिव पठाउन पनि सक्छ। सहसचिव पण्डितको जागिर अब ४ महिना जति बाँकी छ। उनी पुसमा ५८ वर्ष पुरा भएर घर जाने सूचीमा छन्। पछिल्लो समय छोटो समय अवधि बाँकी रहेका र फाजिलमा परेका सहसचिवलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा व्यवस्थापन गर्न थालेको छ। उक्त व्यवस्थापकीय मोडलमा पर्ने सम्भावना पनि उत्तिकै देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #बलराम रिज्याल, #रुद्रप्रसाद पण्डित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ