पुरातत्त्व विभागको महानिर्देशक फेरिए: सौभाग्य मन्त्रालयमा, सुरेश महानिर्देशकमा
काठमाडौं। पुरातत्त्व विभागको महानिर्देशक फेरिएका छन्। विभागको महानिर्देशकमा डा. सुरेश सुरस श्रेष्ठ आएका हुन्। उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखमा कार्यरत थिए। वरिष्ठ सहसचिव डा. श्रेष्ठ महानिर्देशक बन्ने मौका पाएका छन्। उनले विभागको कमाण्ड सम्हालिसकेका छन्।
विभागको महानिर्देशक सौभाग्य प्रधानांगको मन्त्रालयमा सरुवा भएको छ। ३ वर्ष बढी विभागको महानिर्देशक बनेकी प्रधानांग संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखमा भएर गएकी हुन्। उनलाई विभागले बिदाइ गरेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस