पर्यटनमन्त्री आलेले राजीनामा दिएपछि स्वास्थ्यमन्त्री खतिवडालगायत दबाबमा


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालगायत दबाबमा परेका छन् ।

स्वास्थ्यमन्त्री खतिवडाको नेतृत्वमा १० सांसदले मन्त्री फिर्ता बोलाउने निर्णयविरुद्ध विद्रोह गरेका थिए । तर त्यो विद्रोहबाट ६ सांसद व्याक भएपछि नेकपा एकीकृत समाजवादी पार्टीले सरकारबाट मन्त्री फिर्ता बोलाउने गरी गरेको निर्णय कार्यान्वयन हुने अवस्थामा पुगेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समक्ष पर्यटनमन्त्री आलेले राजीनामा दिएपछि सरकारबाट फिर्ता आउन स्वास्थ्यमन्त्री खतिवडासहित ८ बुँदे पक्षधरलाई दबाब परेको छ ।

स्वास्थ्यमन्त्री खतिवडासहित सहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ गैर सांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाबाट एकभन्दा बढी मन्त्री बनाउन नहुने, सरकारमा सहभागी सबैलाई फिर्ता बोलाउन बोलाउनु पर्ने अडानमा छन् । ८ बुँदेले स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङलाई स्वास्थ्यमन्त्री बन्नबाट रोक्ने देखिन्छ । तर पर्यटनमन्त्री आलेसहितका सांसदले ८ बुँदे फिर्ता लिएर मन्त्रीपदबाट राजीनामा दिएपछि पार्टीको सिफारिस अनुसार खापुङलाई स्वास्थ्यमन्त्री बन्न सहज हुँदै गएको बताइन्छ । पर्यटनमन्त्री आलेले मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रीमण्डल हेरफेर हुने सम्भावना बढेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com