तुईनबाट एम्बुलेन्स तारेको भाइरल भिडिओको कथा


काठमाडौं । आइतबार ७५ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स उपहार दियो ।

नेपालका दुर्गम ठाउँलाई लक्षित गरेर भारतीय राजदूतावासले एम्बुलेन्स, स्कुल बस वितवरण गरिरहँदा कर्णाली प्रदेशमा तुईनबाट नदी पार गरिरहेको एम्बुलेन्स टिकटकमा भाइरस बनेको हो । भोजपुरको षडानन्द नगरपालिकाका मेेयर सुरेन्द्र उदासले ‘एम्बुलेन्स पोलटिक्स’ गरिरहँदा भेरी नदीमाथि तुुुईनमा झुन्डिरहेको उक्त एम्बुलेन्सले कर्णालीको आवश्यकता र अवस्था देखाइरहेको छ ।

भोजपुरको षडानन्द नगरपालिकाको सतीघाटबाट संखुवासभाको तुम्लिङटार जोड्ने अरुण नदीमाथिको मोटरेबल पुल निर्माणको सम्झौता हुँदै लाग्दा भेरी नदीमाथि एम्बुलेन्स झन्डिरहेको दृश्य भाइरल भएको छ । पूर्वको कर्णाली भनिने भोजपुर अहिलेसम्म अति राजनीतिका कारण विकासमा पछाडि परेको देखिन्छ । यो ठाउँमा २०४६ को परिवर्तनपछि लगातार कम्युनिष्ट किल्ला बन्दै आएको छ । तर कर्णाली प्रदेश साँच्चै भौगोलिक विकटताले विकास र सम्पर्क सञ्जालबाट टाढिएको अनुभूति हुन्छ । नदीको तईमाथि झुन्डिरहेको एम्बुलेन्सले पनि त्यो कुरा बोलिरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com