स्वास्थ्य मन्त्रालयले छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।

यसअघि सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो ।

सरकारले कोभिड–१९ विरुद्धको खोप पहिलो चरणअन्तर्गत २७ जिल्लामा उपल्बध गराएको थियो । यो खोप कार्यक्रम सुरु भए पनि कतिपय पालिकाले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिइरहेका छन्म । मन्त्रालयले भन्यो “नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राखेर आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध छ ।

५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई सरकारले फाइजर खोप दिएको हो ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : ##कोभिड-१९ विरुद्धको खोप, #सचिव स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com