अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम आयोजना


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

त्रिवेणी युवा क्लब, शिखर युवा क्लबलको आयोजना र काठमाडौं महानगरपालिका वडा नम्बर २९ को सहकार्यका उक्त वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

शनिबार बिहान १० बजे सुरू भएको वृहत्त रक्तदान कार्यक्रम दिउँसो १ बजे सम्पन्न हुने त्रिवेणी युवा क्लबका विन्देश खनालले जानकारी दिए ।

उक्त रक्तदान कार्यक्रममा भव्य रुपमा सम्पन्न गराउन पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, पूर्व डीआईजी रमेश खरेललगायतको उपस्थिति रहेको थियो । पूर्व डीआईजी खरेलले रक्तदान समेत गरेका छन् ।

२९ नम्बरका वडाध्यक्ष कुश ढकाल, वडा सदस्यहरु सन्तोष ढुंगेल, रेनु श्रेष्ठ, अनिल श्रेष्ठ संगीता पुजारी समेत रक्तदान कार्यक्रममा सक्रिय सहभागी रहेका छन् ।

स्वयंसेवक तथा सुरक्षाकर्मीहरु समेत रक्तदान कार्यक्रम व्यवस्थापन खटेका छन् । १ सय ७३ जनाले रक्तदान गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com