…अनि स्वास्थ्यमन्त्री खापुङ ‘प्रेसर थाम्न’ नसकेर ‘हस्पिटलाइज’ भए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङ शनिबार साँझ एक्कासी वीर अस्पताल भर्ना हुन पुगे । मधुमेह (सुगर)का बिरामी स्वास्थ्यमन्त्री खापुङ अचानक स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भए ।

शनिबार साँझ अचानक उनलाई रिँगटा लाग्ने भएपछि अस्पतालको इमर्जेन्सीमा पुगेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको भीआईपी शय्यामा राखेर उपचार गरियो । तर उनी यसरी ‘हस्पिटलाइज’ हुनुको कारण भने अर्के रहेको पाइएको छ । स्वास्थ्यमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा र बालुवाटारको ‘प्रेसर’का कारण उनी एकैचोटी सुगर, प्रेसर र रिँगटा लागेर ‘हस्पिटलाइज’ भएका हुन् ।

बालुवाटारबाट कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान सूर्य संग्रौलालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको रजिष्ट्रार बनाउन दवाव आएपछि त्यसको ‘प्रेसर’ थाम्न नसकेर उनी ‘हस्पिटलाइज’ भएको चर्चा छ । ‘पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रक हुँदा विवादित बनेका सूर्यलाई जसरी पनि वीपीको रजिष्ट्रार बनाउन बालुवाटारको प्रेसर छ । त्यो प्रेसर थाम्न नसकेर पनि स्वास्थ्यमन्त्री खापुङ ‘हस्पिटलाइज’ हुन पुगेका हुन्’, उनी निकट स्रोतले स्वास्थ्य लाइभसँग भन्यो ।

कांग्रेस नेतृ संग्रौला र वीपीको रजिष्ट्रारको ‘रेस’मा रहेका डा. सूर्य

वीपीका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरी जगतनारायणलाई अस्पताल निर्देशक बनाउने चलखेलमा लागेका छन् । बालुवाटारले संग्रौलालाई रजिष्ट्रार बनाए जगतनारायण अस्पताल निर्देशक बनाउने उनको दाउ छ । त्यसका लागि काठमाडौंमै बसेर किर्ते प्राध्यापक गिरीले तयारी गरिसकेका छन् । बालुवाटार र किर्ते प्राध्यापक गिरीको दवावमा परेर स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङ ‘हस्पिटलाइज’ हुनु पर्ने अवस्थामा पुगेको चर्चा छ ।

बर्खास्त गर्नु पर्ने किर्ते प्राध्यापक गिरीलाई डिलाका श्रीमान सूर्यलाई रजिष्ट्रार बनाउने नाममा जोगाउने प्रपञ्च बालुवाटारबाटै रचिएको आरोप लाग्न थालेको छ ।

 

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com