रसुवामा जंगली च्याउ खाँदा ११ जना बिरामी, चारजनाको अवस्था गम्भीर


काठमाडौं । रसुवामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी भएका छन्। उत्तरी पुरानो तातोपानी क्षेत्रमा मानिसहरु रहेका छन् ।

रसुवा जिल्ला अस्पताल धुञ्चेका अधिकृत डा निरज फोजुका अनुसार ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचार गर्नको लागि सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ । उनी सबैजना जङ्गली रातो च्याउ खाई बिरामी परेका फोजुले बताए । बुधबार अपराह्न अस्पताल आएका उनीहरूले यहाँ के काम गर्ने मानिसहरु हुन भने थाहा हुन सकेको छैन ।

चिकित्सकले तरकारी खाने च्याउको पहिचान गरेर मात्र खान अनुरोध गरेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #जंगली च्याउ, #रसुवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com