दुवाकाेटमा विस्तारित वीर अस्पतालकाे काम नभएकाेमा प्रधानमन्त्री असन्तुष्ट, आवश्यक बजेट दिने


काठमाडौं । भक्तपुरको दुवाकाेटमा विस्तारित वीर अस्पतालकाे काम नभएकाेमा प्रधानमन्त्री असन्तुष्ट बनेका छन् । उनले उक्त विस्तारित वीर अस्पतालकाे काम हुन नसकेकोमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे बताएका छन् ।

वीर अस्पतालको १३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथिको रुपमा सहभागी भएका प्रधानमन्त्री देउवाले दुवाकाेटमा विस्तारित वीर अस्पतालकाे कामको विषयमा चासो राखेका हुन् । उनले दुवाकाेटमा विस्तारित वीर अस्पतालका लागि आवश्यक बजेट विनियोजन गरिने भन्दै चाँडो काम गर्न निर्देशन दिएका छन् ।

‘दुवाकाेटमा विस्तारित वीर अस्पतालको काम छिटो होस त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्न निर्देशन दिन्छु’, प्रधानमन्त्री देउवाले भने  ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com