स्वास्थ्य सेवामा आधारित पहिलो ह्याकथन कार्यक्रम सम्पन्न


काठमाडौं । स्वास्थ्य क्षेत्रमा देखिएका सरल तथा समाधान नभई रहेका समस्या हरुको समाधान गर्ने उद्देश्यले  ललितपुरस्थित ईन्ट्रान्स क्याफेमा २ दिने ह्याकथन कार्यक्रम सम्पन्न भएको छ  । उपत्यकाका विभिन्न दश कलेजहरूमा कम्प्युटर ईन्जीनियरिङ्ग अध्ययनरत विद्यार्थीहरू सम्मिलित उक्त कार्यक्रममा “शिशु केयर” भन्ने मोबाइल एपले प्रथम स्थान हासिल गरेको छ । मोबाइलको सहायताले ग्रामीण स्वास्थ्य स्वयंसेवीकाहरुले नवजात शिशुमा देखिने स्वास्थ्य समस्याहरूलाई समाधान गर्न कसरी डाक्टरहरूसँग सम्पर्क गराउने भन्ने विषयमा उक्त एप्लीकेशनको प्रोटोटाइप निर्माण गरी प्रदर्शन गरिएको थियो ।

गत शुक्रबार र शनिबार सञ्चालित उक्त कार्यक्रममा दोस्रो हुने टोलीले ठूल्ठूला अस्पतालहरूमा सेवा लिन सेवाग्राही हरूले भोग्नु परेको समस्या लाई केन्द्रित गरी हस्पिटल न्याभिगेसन सिस्टमको मोबाइल एप्लीकेशनको प्रोटोटाइप निर्माण गरेको थियो । सूचना प्रविधि तथा स्वास्थ्य क्षेत्रमा लामो समयदेखि काम गरी रहेका विज्ञहरूद्वारा मेन्टरीङ्ग गरिएको उक्त ह्याकथनमा तेस्रो हुने टिमले स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचारसँग सम्बन्धित विभिन्न विषयहरू छलफल गर्नको लागि एक मोबाइल तथा वेब एप्लीकेशनको प्रोटोटाइप तयार गरेका थिए ।
जेनेभा डिजिटल हब (स्वीजरल्याण्ड) को सहयोगमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित ई-हेल्थ तथा टेलिमेडिसिन कार्यक्रमले आयोजना गरेको उक्त कार्यक्रममा प्रथम हुने टिमले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो ।  त्यस्तै दोस्रो हुनेले ४० हजार रुपैयाँ र तेस्रो हुने टिमले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । ह्याकथन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #ह्याकथन कार्यक्रम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com