न्यूयोर्कमा मंकीपक्सका कारण स्वास्थ्य संकटको घोषणा


एजेन्सी । न्यूयोर्कमा मंकीपक्स संक्रमणको कारणले स्वास्थ्य संकटको घोषण भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्स र स्वास्थ्य आयुक्त आश्विन वासनले १.५ लाखभन्दा बढी नागरिकहरूलाई संक्रमण हुने खतरा हुदा स्वास्थ्य संकटको घोषण गरिएको छ भने जारी सुचनामा उल्लेख छ ।

न्यूयोर्कमा शुक्रबारसम्म रोग नियन्त्रण तथा रोकथाम केन्द्रको तथ्यांकअनुसार १,३४५ वटा संक्रमण पुष्टि भएको छ ।

बढ्दो संक्रमणका कारण न्युयोर्कमा जनस्वास्थ्य विभागले सुरक्षा अपनाइ रहेका छन । अमेरिकामा मंकीपक्सका सबैभन्दा बढी असर न्यूयोर्कमा देखिएको छ ।

क्यालिफोर्नियामा समेत ७९९ संक्रमण पुष्ट भएको छ । यो अमेरिकाको दोस्रो प्रभावित शहर हो । यसअघि नै जुलाई २३ मा विश्व स्वास्थ्य संगठनले ९डब्लू एच ओ० मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसेको छ ।

क्याटेगोरी : विविध, समाचार
ट्याग : #न्यूयोर्क, #मंकीपक्स संक्रमण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com