नर्भिक अस्पतालद्वारा यूरोलोजीको बिरामीलाई साउन २१ गते नि:शुल्क ओपिडी


काठमाडौँ । नर्भिक अस्पतालले आफ्नो सामाजिक अभियान अन्तर्गत आँउदो साउन २१ गते शनिबार दुई यूरोलोजी विशेषज्ञ टिमबाट नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन्।

अस्पतालको अनुसार बिहान ८ बजेदेखि १० बजेसम्म पहिलो टिम र बिहान ९ बजेदेखि १०:३० बजेसम्म दोस्रो टिमले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ।

विगत समय देखि नर्भिकले यूरोलोजी टिम परिचालन गरी नि:शुल्क ओपिडी अभियान संचालन गदै आएको छ। मानिसमा मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या देख्न थालेपछि नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने निणर्य गरेको हो ।

अस्पतालका अनुसार मुटुको समस्या भएका बिरामी तथा रगत पातलो गर्ने औषधि प्रयोग गरिरहेका बिरामीहरुका लागि लेजर प्रविधिबाट प्रोस्टेटको शल्यक्रियासमेत यो दुई टिमले गर्नेछ। शल्यक्रिया शुल्कमा भने सहुलियत दिने अस्पताल प्रशासनले जनाएको छ ।

बिशेष गरी मृगौला, मूत्रनली तथा मूत्रथैलीको पत्थरी, क्यान्सर, प्रोस्टेट, अण्डकोष तथा हर्नियाको समस्या भएका बिरामीहरुले यो अभियान अन्तरर्गत ओपिडीबाट लाभ उठाउन सक्नेछ ।

 

 

क्याटेगोरी : विविध, समाचार
ट्याग : #नर्भिक अस्पताल, #नि:शुल्क ओपिडी सेवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com