६ महिनामा ५९ जिल्लामा डेंगुको ६०४ केस भेटियो


नेपालमा ६ महिनामा ५९ जिल्लामा डेंगुको ६०४ केस भेटिएको छ । सबैभन्दा बढी डेंगुको केस रुपन्देहीमा भेटिएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू भेटिएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् ।

त्यसैगरी गतवर्ष यो अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यो वर्ष १०४ वटा केस बढी भेटिएको छ । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू पछिलो ३० दिनयता देखिएका छन् । यो अवधिमा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

ईडीसीडीका अनुसार काठमाडौँ उपत्यकामा ६१ र ललितपुरमा ५७ जनामा र भक्तपुरमा ३ जना डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी ईडीसीडीका भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा। गोकर्ण दाहालले अझै ३ महिना लामखुट्टे बढी मात्रामा सक्रिय हुने भएकाले सजग रहन आग्रह गरेका छन । । ‘डेंगुको नियन्त्रनमा हामी कडाका साथ लागि रहेको लामखुट्टेको लार्भा खोज्ने अनि नष्ट गर्ने तथा जनचेतनाको अभियान चलिरहेको छौं । सबै भन्दा बढी संक्रमण पुष्टि भएको ठाउँमा निगरानी पनि बढाएका छौँ,’ उनले भने ।

क्याटेगोरी : समाचार
ट्याग : #ईडीसीडी, #डेंगु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com