काठमाडौंका स्कुलमै बालबालिकालाई फाइजर खोप


काठमाडौं । महानगरपालिकाले काठमाडौंका स्कुलमै बालबालिकालाई  कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप दिने भएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य सन्तोष ढुंगेलका अनुसार १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई फाइजर बुस्टर डोज दिन लागिएको हो । साउन २४ देखि साउन ३० गतेसम्म वडा नम्बर २९ विभिन्न स्कुलहरुमा कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप दिन लागिएको हो ।

साउन २३ गते पद्यकन्या मा.वि. डिल्लीबजार, विजय मेमोरियल स्कुल डिल्लीबजार र राइनिङ रेज स्कुल, न्यूप्लाजामा कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप लगाउने कार्यतालिका छ ।

साउन २४ गते  द स्पाङगल बोर्डिङ स्कुल न्यूप्लाजा, एसपोडेल स्कुल, कालिकास्थान र  सूर्योदय आवसीय मा. वि. घट्टेकुलोमा बालबालिकालाई  फाइजर खोप दिने कार्यक्रम छ ।

त्रिवेणी एकेडेमी, मैतिदेवी, अक्षर एकेडेमी कालिन्चोक मार्ग र सगरमाथा कलेज डिल्लीबजारमा साउन २५ गते कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप दिन कार्यक्रम छ ।

साउन २६ गते एसियन पब्लिक स्कुल, अनामनगर, मैतिदेवी बोर्डिङ स्कुल, घट्टेकुलो र मेघा स्कुल, अनामनगरमा कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप दिने कार्यतालिका रहेको छ । त्यस्तै अक्सिडेन्टल पब्लिक स्कुल, अनामनगरमा साउन २९ र ट्रिनिटी कलेज, डिल्लीबजारमा साउन ३० गते कोभिड १९ विरुद्धको फाइजर बुस्टर डोज खोप दिने कार्यक्रम रहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com