नर्भिकले सम्झौताविपरीत संरचना बनाएको स्वीकार गर्‍यो, २४ घण्टाभित्र खाली गराउन असम्भव रहेको जिकिर


काठमाडौं । थापाथलीस्थित नर्भिकले अन्तर्राष्ट्रिय अस्पतालले सरकारी जग्गामा सम्झौताविपरीत संरचना बनाएको स्वीकार गरेको छ ।

काठमाडौं महानगरपालिकाले नर्भिकलाई हिजो मात्र सम्झौता र नक्सापासविपरीत बनाएको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको थियो । नभए आफैं भत्काउने महानगरपलिकाले नर्भिकलाई सूचना  दिएको थियो ।

नर्भिकले उक्त स्थानमा (जग्गा)मा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस जस्ता बिरामीको आवश्यक उपकरण रहेकाले २४ घण्टाभित्र खाली गराउन असम्भव रहेको पत्र पठाएको छ ।

सार्वजनिक वा निजी जग्गामा महानगरपालिकको स्वीकृत नलिई संरचना बनाएको खण्डमा महानगरपालिकालाई उक्त संरचना भत्काउने अधिकार हुन्छ । सिंहदरबारभित्र कै मन्त्रालयका भवनहरू नक्सापास स्वीकृत नगरी बनाएका महानगरले डोजर चलाउन सक्छ । नर्भिकले महानगरपालिकासँग स्वीकृत नलिई २० वर्षका लागि भाडामा लिएको उक्त १ रोपनी ८ आना १ पैसा १ दाम जग्गामा संरचना बनाएको छ । उक्त संरचना अवैध ठहर गर्दै काठमाडौं महानगरपालिकाले हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो ।

नर्भिकले काठमाडौं महानगरपालिकालाई पठाएको पत्रमा कित्ता नम्बर २०८५ को क्षेत्रफल १-८-१-१ सरकारी जग्गामा संरचना रहेको स्वीकार गरेको छ । यो सरासर सरकारसँग  गरेको सम्झौताविपरीत हो ।

नर्भिक र नेपाल सरकारबीच भएको सम्झौताको बुँदा नम्बर ६ र ७ मा पक्की भवन बनाउन नपाउने र जग्गाको भौतिक अवस्था नविगारी प्रयोग गर्ने उल्लेख छ । तर नर्भिकले संरचना बनाएर जग्गाको संरचना बनाएको छ । महानगरले उक्त सम्झौतालाई समेत आधार मानेर हटाउन २४ घण्टे अल्टिमेटम दिएको हो ।

नर्भिकले मासिक ३७ हजार ९ सय ८९ रुपैयाँ कौडिको भाउमा कर्मचारीसँगको सेटिङमा सरकारी जग्गा २० वर्षका लागि भाडामा लिएर सम्झौताविपरीत संरचना बनाएको देखिन्छ । नर्भिकले सम्झौताविपरीत संरचना बनाएकाले सम्झौता बमोजिम नै सरकारले तत्काल उक्त सम्झौता खारेज गर्न सक्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com