स्वास्थ्यमा सरुवा

स्वास्थ्य मन्त्रालयकाे प्रवक्तामा संजय ठाकुर, नारायण ढकालकाे प्रदेश १ मा सरुवा


काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारीकाे जिम्मेवारी हेरफेर गरेकाे छ । लामाे समयदेखि रिक्त रहेकाे स्वास्थ्य समन्वय महाशाखाको प्रमुखमा राष्ट्रिय  क्षयरोग केन्द्रका निर्देशक डा. संजय ठाकुरलाई ल्याएको छ । उनकाे ठाउमा फाजिलम रहेकी डा. रिता भण्डारी जाेशीलाई पठाएकाे छ ।

त्यस्तै फाजिलमै रहेका तत्कालीन औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई प्रदेश नम्बर १ पठाएकाे छ । उनलाई कामकाज गर्ने गरि त्यहा पठाएको हाे ।

यता डा. विश्वबन्धु बगालेलाई किटजन्य राेग केन्द्र हेटौंडा पठाएकाे छ भने त्यहाका प्रमुख डा. केशव पण्डितलाई मन्त्रालय तानिएकाे छ ।

केही उपसचिवहरुकाे पनि जिम्मेवारी हेरफेर गरिएको  छ । कान्ति बाल अस्पतालमा कार्यारत भवनाथ खतिवडाको स्वास्थ्य सेवा बिभाग सरुवा गरिएकाे छ भने उनकाे स्थानमा सूर्यप्रसाद गाैतमलाई पठाइएकाे छ । यता गाैतमकाे स्थानमा सामान्यबाट दिपक थापा आएका छन् । विभागका उपसचिव प्रेमकाजी महर्जनको भने सामान्य सरुवा भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com