कान्तिमा सप्लायर्सको चलाखी

आफ्नो उपकरण नकिनेपछि डोनेसनको सामान भन्दै फिर्ता पठाएको भ्रामक प्रचार


काठमाडौं । कान्ति बाल अस्पतालमा एक सप्लायर्सले अस्पताल प्रशासनको जानकारी बिना ‘क्लिया’ मेसिन जडान गरेपछि विवाद भएको छ ।सप्लायर्सले भने चलाखीपूर्ण व्यवहार गरेको पाइएको हो । आफ्नो उपकरण नकिनेपछि डोनेसनमा दिएको सामान कान्तिले जबरजस्त फिर्ता पठाएको भ्रामक प्रचार गरेको देखिएको छ ।  युमिनोलोजी जाँच गर्ने उक्त मेसिन कान्तिमा पहिल्यै थियो । तर, बिचमा बिग्रिएपछि सप्लायर्सले प्रशासनको जानकारी बिना नयाँ उपकरण जडान गरेको पाइएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले भने, ‘हामीसँग भएको एउटा मेसिन बिग्रिएछ । त्यही बाहनामा कसैसँग सल्लाह नगरी सप्लायर्सले नयाँ पठाएछ । विवाद भएपछि फर्जी मान्छे तयार पारेर डोनेसन दिएको भन्न थालेका छन् ।’, दान (डोनेसन) दिएको कुनै पनि कागजपत्र पेश गर्न सकेका छैनन् । अस्पतालका कर्मचारीका अनुसार उक्त उपकरण डोनेसन दिएको पुष्टि हुने कुनै पनि प्रमाण छैन ।  सप्लायर्सले बिग्रिएको मेसिन नबन्दासम्म नयाँ जडान गरेर सेवा दिने र बनेपछि फिर्ता लैजाने भनेर जोडेको निर्देशक बसौलाको भनाइ छ ।

कान्तिका निर्देशक युवानिधि बसौला

निर्देशक डा. बसौलाले भनेको जस्तै सप्लायर्सले पनि पुरानो बनेपछि लैजाने हिसाबले जडान गरेको स्वीकार गरेको छ । ‘उक्त मेसिन डोनेसन दिएको पनि हैन । हामीले बिग्रेको मेसिन बनेपछि नयाँ लैजाने भनेरै जडान गरेका थियौं । बिग्रेको बनेको छ, अब नयाँ लैजान्छौं ।’, उपकरण सप्लाई गर्ने सुदिप इन्टरनेशनल प्रा.लि.का भक्त हमालले स्वास्थ्य लाइभसँग भने ।

विभागीय प्रमुखले मेसिन आएकोबारे जानकारी गराएका थिए । कहाँबाट आयो भनेर छानबिन हुँदा सप्लायर्सले ल्याएर जडान गरेको पुष्टि भएको थियो । सप्लायर्सले रिएजेन्ट दिने हो । हामीले एउटा मेसिनले धान्दैन भनेर असारमा थप अर्को खरिद गरेका थियौं’, निर्देशक बसौलाले भने ।

पुरानो बिग्रेपछि अस्पतालले खरिद गरेको नयाँ जोड्न खोज्दा पुरानो सप्लायर्सले जोड्न पाइँदैन भनेर अवरोध गरेको निर्देशक बसौलाले दाबी गरे । उनले अघि थपे ‘मैले डोनेसन दिएको भन्दै हिँड्दो रहेछ तर, प्रमाण केही छैन । उसको सामान नकिनेपछि उब्जिएको समस्या मात्रै हो ।’, उसको मेसिन खरिद नगर्ने बुझेपछि दान दिएको मेसिन फिर्ता पठाउन खोजेको आरोप लगाएको निर्देशक बसौलाले स्पष्ट पारे ।

यता कान्ति बाल अस्पतालको लागि  १६० प्रकारको रोगहरुको टेस्ट गर्ने एउटा दाताले लगेर जडान गरिदएको उपकरण निर्देशकलाई लिखत जानकारी नगरेको भन्ने बहाना बनाएर फिर्ता लिन दातालाई बारम्बार फोन गरेर धम्कयाउने  गरेेका आरोप लागेेको छ । कान्तीले खरिद गरेको मेसीनले जम्मा ४० प्रकारको रोगको मात्र परीक्षण गर्न सकिने  र  टेन्डर गर्न नपर्ने विधान अनुसार पैसा खर्च गरेर ल्याई नीतिगत भ्रष्टाचार गर्न खोजेको दाबी गरिएको थियो । तर दुबै पक्षको कुरा बुझ्दा सप्लायर्सले कान्तिलाई जबरजस्ती उपकरण भीडाउन खोजेको खुल्न आएको छ ।

के भन्छन् सप्लायर्स भक्त हमाल ?

कान्ति बाल अस्पतालले आफ्नो पुरानो मेसिन चलाइरहेको हो । मेसिन बिग्रिएर काम रोकिएको थियो । सेवा नरोकियोस भनेर नबन्दासम्म काम चलाउनलाई नयाँ मेसिन दिएका हौं । हाम्रै मेसिन हो । उक्त मेसिन हामीले ल्याउँछौं । हामीले कान्तिलाई डोनेसन दिएका पनि छैनौं । नचलाएको भन्ने पनि छैन । हामीले पुरानो बिग्रेर सेवा रोकियो भन्ने बुझेर केही समयका लागि नयाँ पठाएर सेवालाई निरन्तरता दिएका मात्रै हौं । पुरानो मेसिन बनेको छ । हाम्रो मेसिन लिन पठाएका छौं ।

क्याटेगोरी : समाचार
ट्याग : #उपकरण- दान, #कान्ति बाल अस्पताल, #कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधी बसौला, #भक्त हमाल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com