अस्पतालमा उपचाररत निहारिका भेटेपछि मेयर बालेन्द्रकाे प्रश्न- न्याय खोज्दा जल्न तयार हुनुपर्ने ?


काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मुलुकमा कानुनी राज्यको अनुभूति नभएको भन्दै सरकारको आलोचना गरेका छन् ।

शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत निहारिका राजपुतलाई भेटेर फर्किएपछि शाहले सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गरेका हुन् ।
उनले न्यायको खोजीमा रहेकी आमाले जल्न तयार हुनुपर्ने ? भन्दै राज्यलाई प्रश्न गरेका छन् ।  उनले कानुनीराज्यमा यस्तो अत्याचार नहुने भन्दै आलोचना गरेका हुन् ।

उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन ।’
१७ वर्षको उमेरमा आफूलाई बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन, बलात्कारको क्रममा गर्भ रहेपछि जन्मिएको बच्चा र श्रेष्ठको डिएनए परीक्षण गर्न माग गर्दै निहारिका तीन वर्षदेखि आन्दोलित छिन् ।

गत ३ असारमा सरकारले उनीसँग पाँच बुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै पुनः आमरण अनशनमा बसेकी निहारिकाले हिजो राष्ट्रपतिनिवास अगाडि आफैँलाई जलाएर आत्मदाहको प्रयास गरेकी थिइन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com