बागमती सरकारले सिभिल अस्पताललाई पैसा दिएन तर, अर्थमन्त्रीको कार्यकर्ताको स्विमिङ पुल जोगाउन लगानी


काठमाडौं । बागमती प्रदेश सरकारले कोभिडमा सिभिल अस्पताललाई दिन्छु भनेको २ करोड २४ लाख ५० हजार रुपैयाँ नदिएको पाइएको छ । बागमती सरकारले कोरोनाकालमा सिभिल अस्पतालमा १५०  बेड सञ्चालनका लागि उक्त बजेट दिने सम्झौता गरेको थियो ।

सिभिल अस्पतालका कार्यकारी विधाननिधि पौडेलका अनुसार बागमती सरकारले सम्झौता अनुसारको बजेट दिएन । तर, बागमती प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलले आफ्नो कार्यकर्ताको स्विमिङ पुल जोगाउन खोलामा तटबन्धका लागि बजेट दिएको खुल्न आएको छ । बागमती प्रदेशका तत्कालीन अर्थमन्त्री ढुंगेलले आफ्ना (एमाले ) कार्यकर्ता चन्द्र मानन्धरको निजी जग्गामा बनेको स्विमिङ पुल जोगाउन बजेट उपलब्ध गराएको खुल्न आएको हो ।

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १ सुकाजोर खोलाबगरमा मानन्धरले आफ्नो निजी जग्गामा बनाएको स्विमिङ पुल जोगाउन प्रदेश सरकारले लगानी गरेको खुल्न आएको छ । तत्कालीन अर्थमन्त्री ढुंगेल भने स्विमिङ पुलका लागि नभइ खोलामा तारजाली (तटबन्ध) हाल्न प्रदेश सरकारले लगानी गरेको हो । स्विमिङ पुल नै प्रदेश सरकारले बनाएको आरोपको खण्डन गर्दै उनले खोलाले व्यक्तिको सम्पत्तिमा क्षती नपुर्‍यायोस भनेर बजेट हालिएको उनको भनाइ छ । आफूले एमाले कार्यकर्ता मात्र नभइ कांग्रेस कार्याकर्ताले भनेको ठाउँमा समेत बजेट हालिदिएको तत्कालीन अर्थमन्त्री ढुंगेलको भनाइ छ ।

जुन समयमा मुलुक कोरोनाले आक्रान्त पारेको थियो । त्यो समयमा अर्थमन्त्री ढुंगेलको प्राथमिकता भने कार्यकर्ताले स्विमिङ पुल जोगाउन केन्द्रित रहेको देखिन्छ । सिभिल अस्पताललाई कोभिड संक्रमितको औषधि उपचारका लागि पैसा दिने सम्झौता गरेको बागमती प्रदेश सरकारले सिभिललाई हिस्स बनाउँदै स्विमिङ पुल जोगाउन लागेको पाइन्छ ।

अर्थमन्त्री कैलाश ढुंगेल

 

क्याटेगोरी : समाचार
ट्याग : ## सिभिल अस्पताल, #कैलाश ढुंगेल, #बागमती प्रदेश, #स्विमिङ पुल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com