नर्भिक अस्पताल नभत्किएपनि चौधरी ग्रुपको नविल बैंक भत्किदै


काठमाडौं । नर्भिक अस्पतालको अवैध संरचना भत्काउन नसकेपनि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चौधरी ग्रुप अन्तर्गत कै नविल बैंक भत्काउँदै छन् ।  आज मेयर शाह डोजर लिएर नविलको अवैध संरचना भत्काउन न्यूरोड जान लागेका हुन् ।

मेयर शाहको सचिवालयका अनुसार नविल बैंकको न्यूरोड शाखाको अवैध संरचना भत्काउने तयारी छ । त्यस्तै दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस,  कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना भत्काउन महानगरको डोजर जाँदै छ ।

चौधरी ग्रुपले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालदेखि नविल बैंकसम्म अवैध तथा अनधिकृत ‘धन्दा’ चलाइरहेको खुल्न आएको छ ।चौधरी ग्रुपको अवैध धन्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धावा बोलेका छन् । नर्भिक अस्पतालको अवैध संरचना भत्काउन नदिन अदालतबाट आदेश लिएर आएपनि नविल बैंक भत्काउन नदिन अदालत गएको छैन । आज बालेनको डोजरले चौधरी ग्रुपको लगानी रहेको नविल बैंकको न्यूरोड शाखा  भत्काउने तरखर गरिरहेको छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #चौधरी ग्रुप, #नर्भिक इन्टननेशनल हस्पिटल, #नविल बैंक, #वसन्त कुमार चौधरी, #विनोद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com