त्यो भारत नोएडाको भत्किन लागेको टावर, कोरोनामा बनेको नेपालको यो अवैध चाम्लिङ टावर


काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकै नोएडामा बनेको ३२ तले भवन आज भत्किदैछ । यो भवन बस्नका लागि सुरक्षित नभएको भन्दै अदालमा मुद्दा परेपछि त्यहाँको अदालतले भत्काउन आदेश दिएको थियो । नेपाली समय अनुसार आज दिउँसो २:४५ बजे भवन भत्किने छ ।

नेपालमा पनि मुलुक कै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नजिकै भूमाफिया इन्द्र कुमार चाम्लिङले अवैध र असुरक्षित रुपमा ८ तले टावर बनाएका छन् । काठमाडौं महानगरपालिका शहरी व्यवस्थापन विभागका एक अधिकारीका अनुसार ४ तलाको लागि मात्र उक्त भवन बनाउन स्वीकृति दिएको हो ।

उक्त ८ तले अवैध टावर काठमाडौं महानगरपालिका वडा नम्बर १० धोबीखोला करिडोर देवीनगरस्थित सिट नम्बर १०२-११०६-२२ को कित्ता नम्बर ५७७ को स्वोस्तिका चाम्लिङको नाममा रहेको छ । त्यो टावर १९१ कित्ताको सरकारी जग्गा समेत हडपेर बनाएको पाइन्छ । मापदण्ड र अवैध रुपमा बनेको उक्त टावर आधा फिट सडकतिर ढल्किएकाले वरिपरिका घरहरु खतरामा देखिन्छन् ।

आज भत्किन लागेको नोएडामा रहेको यो ३२ तले भवन चाम्लिङ टावरलाई बिर्स्याउने खालको छ । कानुनलाई धज्जि उदाउँदै राजनीतिक नेताहरुको साथ र सहयोगले नोएडा अथरिटीका कर्मचारीहरुले आवश्यकताभन्दा बढी तलाको स्वीकृति दिँदा त्यो भवनको यो हविगत भयो । भवनका मालिकले अनधिकृत तला थप्दै ४ तलका लागि बनेको स्ट्रक्चरमा ८ तला बनाउँदा काठमाडौं महानगरपालिका मौन छ । चाम्लिङको अवैध भवनका कारण त्यो क्षेत्र नै असुरक्षित बनेको छ ।

सुपर टेक समूहको यस भवनमा फ्लैट किन्नेहरुको समूहले अदालत गुहारेको थियो । चाम्लिङ टावरमा भाडामा बस्नेहरु भने धराप संरचना हुँदा पनि मौन देखिन्छन् । उक्त भवन भत्काउन गत वर्ष ३१ अगष्टमा तीन महिनाभित्र भवन भत्काउन आदेश दिए पनि कोभिडका कारण म्याद थप्दै-थप्दै आजसम्म तन्किएको हो । भारतीय सञ्चार माध्यमका अनुसार भारतीय २ अर्ब रुपैयाँ लगानी भइसकेको उक्त भवन तोड्न भारतीय २० करोड रुपैयाँ लाग्दैछ । यो सम्पूर्ण खर्च पनि भवन निर्माता सुपर टेक कम्पनीले नै बेहोर्नु  पर्ने छ । साथै भवन तोड्ने समय यस भवन वरपरका भवनहरुमा कुनै भौतिक हानि नोक्सानी भएमा पनि सो को जिम्मेवारी पनि सोही निर्माता कम्पनीले बहन गर्नु पर्ने जनाइको छ ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अहिले अनधिकृत संरचना भत्काउने अभियानलाई तीव्र गतिमा अगाडि बढाएका छन् । नक्सापास स्वीकृतिविपरीत बनेको उक्त चाम्लिङ टावरको जोखिम अध्ययन गर्न तत्काल प्राविधिक टिम परिचालन गर्न जरूरी देखिन्छ ।

यता मेयर बालेनले महानगरपालिकाभित्र बनेका अनधिकृत भवनमा डोजर चलाउँदा राजनीतिक दल आबद्धहरुको रोइलो शुरु भएको छ । सत्तामा बस्नेहरुले भूमाफिया सँग साँठगाँठ गर्दा सिंहदरबार नजिकै अनधिकृत र जोखिमपर्ण संरचना बन्यो । यो अनधिकृत संरचना भत्काउने अभियानमा काठमाडौंका मेयर बालेनलाई हौसला प्रदान गर्नु पर्ने जनस्तरबाट आवज उठेको छ । अनधिकृत निर्माणविरुद्ध लाग्ने जो कोहीका लागि जनताले साथ र सहयोग रहने देखिएको छ । यो अवैध टावर भत्काउने बालेनका लागि समेत अवसर भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अवैध संरचना, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #भूमाफिया इन्द्र कुमार चाम्लिङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com