अस्ट्रेलियामा जारी नेपाली स्वास्थ्य सम्मेलनकाे झलक


सिड्नी । स्ट्रेलियाकाे सिड्नीमा जारी  चौथो विश्व नेपाली स्वास्थ्य सम्मेलन तामझामका साथ भइरहेको छ । उक्त सम्मेलनमा नेपाल बाहिरका झण्डै १०० देशबाट नेपाली चिकित्सक सहभागी छन् ।

नेपालबाट समेत चिकित्सकले सहभागीता जनाएका छन् । नेपाल मेडिकल काउन्सिलका पुर्व उपाध्यक्ष प्राध्यापक डाक्टर नरायणबिक्रम थापा, नेपाल चिकित्सक संघका बरिष्ठ उपाध्यक्ष  डाक्टर शिव श्रेष्ठ, बरिष्ठ क्यान्सर राेग विशेषज्ञ डाक्टर अरुण शाही, डाक्टर सागर पाैडेल लगायत सहभागी छन् ।

उनिहरुले सम्मेलनमा नेपालको चिकित्सा पेशा, वर्तमान अवस्था र चुनाैतिका विषयमा आफ्नो धारणा राखेका छन् । विशेषगरी काेभिडकाे महामारीमा नेपाली चिकित्सले सिमित श्राेत र साधनका बिचमा खेलेकाे भुमिका लगायत समग्र सेवामा धारणा राखेका छन् । हिजाे अर्थात १६ सेक्टेम्बरबाट सुरु भएकाे सम्मेलन १८ सम्म संचालन हुनेछ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com