आरजुलाई ‘दिज्यू’ भनेकै भरमा विवादित संगीता भण्डारीलाई पदक उपहार !


काठमाडौं । स्वास्थ्य-शिक्षाको क्षेत्रमा सबैभन्दा विवादित चिकित्सक संगीता भण्डारीले संविधान दिवसको अवसरमा पदक प्राप्त गर्न सफल भएकी छिन् ।

आरजुलाई ‘दिज्यू’ भनेकै भरमा विवादित संगिता भण्डारीलाई पदक उपहार पाएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चर्चा छ ।

प्रा.डा. संगीता भण्डारी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म उपकुलपति बनेकी व्यक्ति हुन् । तर यी ठाउँमा काम गर्दा विवाद र अनियमिततामै उनी लिप्त भएको आरोप लाग्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर शेरबहादुर देउवा पत्नी आरजु देउवालाई ‘दिज्यू’ भनेकै भरमा विवादित संगीताको रजगज चलिरहेको छ । आरजुकै जोडबलमा अहिलेसम्मकै विवादित महिला संगीतालाई सरकारले सुप्रवल जनसेवा श्री पदकबाट विभूषित गर्ने निर्णय गरेको हो । यो कदमले सरकारनै विवादित बनेको छ ।

छानबिन गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने संगीतालाई सरकारले पदक उपहार दिएको भन्दै स्वास्थ्य क्षेत्रमा सरकारको आलोचना सुरु भएको छ । यो निर्णयले पदककै गरिमा घटेको स्वास्थ्य क्षेत्रमा टिकाटिप्पणी सुरू भएको हो ।

मानपदवीको मान बढाउनु पर्नेमा सरकारले संगीतालाई विभूषित गरेर पदककै अपमान गरेको चर्चा सुरु भएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #आरजु देउवा राणा, #पदक, #प्रा. डा. संगीता भण्डारी, #शेरबहादुर देउवा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com