बिच्छा र सागरकाे सम्मान हुँदा विवेक किन छुटे ?


काठमाडौं । खोप व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. आरपी बिच्छा र सागार दाहालले पदक पाउँदा विकेल लाल छुटेका छन् । सरकारले विच्छा र सागरको सही मूल्यांकन गर्दा डा. लाललाई भने छुट्याइएको छ । यसले गर्दा पदक पाउनेहरुलाई पनि खल्लो महशुस भएको हुनुपर्छ ।

खोपमा डा. आरपी बिच्छाको यस्तो भूमिका

लक्ष्मण अर्यालले खाेपकाे तथ्यांक र आउने समय लुकाएर राखेका थिए । जनता खाेप कहिले आउँछ भनेर चिन्ता र त्रासदीमा थिए । स्वास्थ्य सेवा विभागकाे महानिर्देशक भए लगत्तै डा. आरपी बिच्छाले खाेप आउने कार्यतालिका सार्वजनिक गरिदिएका थिए । त्यसपछि जनतामा केही आसा जागेकाे थियाे । अर्काे महत्त्वपूर्ण काम काेभ्याक्स सुविधामार्फत लाखौं खाेप झिकाए जसमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लाल र खाेप शाखाका प्रमुख सागर दाहालकाे भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।
खाेप व्यवस्थापनमा बिच्छाले गरेकाे याेगदानले हाल उनले पाएकाे तक्माकाे सही मूल्यांकन भएकाे छ । तर, बिच्छा र सागरले पाउदा विवेक छुट्नु आश्चर्यको कुरा भएको छ ।

क्याटेगोरी : विचार, विविध
ट्याग : ## डा. आरपी बिच्छा, ## लक्ष्मण अर्याल, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com