दोस्रो ‘एनएमए नेसनल हेल्थ समिट’ आज सम्पन्न हुँदै


काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)ले आयोजना गरेको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए नेसनल हेल्थ समिट-२०२२) आज सम्पन्न हुँदैछ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो उद्‌घाटनमा गरेको उक्त सम्मेलन आज समापन हुन लागेको हो ।

काठमाडौंको बबरमहलमास्थित कार्की ब्याङ्कौटमा सुरु भएको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज पनि जारी रहने छ । आजको ‘सेसन’ महत्त्वपूर्ण हुने नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । आज मेडिकल शिक्षा, मेडिकल टुरिजमलगायतका महत्त्वपूर्ण विषयमा छलफल हुने उनको भनाइ छ ।

‘एनएमए नेसनल हेल्थ समिट’ उद्‌घाटनमा पुगेका प्रधानमन्त्री देउवाले स्वास्थ्यलाई सरकारले उच्च प्राथमिकता दिएको दाबी गरे । उद्‌घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायत उच्च सरकारी अधिकारी सहभागी भएका थिए । आज बेलुका ९ बजेसम्म दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन जारी रहने आयोजक संस्थाले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #दोस्रो 'एनएमए नेसनल हेल्थ समिट', #पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, #स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com