नर्भिक अस्पताल हान्ने बालेन पथमा चिरिबाबु, निकाले ३५ दिने सूचना


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको अनधिकृत संरचना भत्काउने अभियानमा लागेका काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहकै पथमा चिरिबाबु महर्जन हिँडेका छन् ।

ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले पनि बालेनले जस्तै अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेका छन् । सरकार/सार्वजनिक जग्गा हडपेर बनाइएका अनधिकृत संरचना हटाउने बालेनको अभियान देशव्यापी चल्न थालेको छ । ललितपुर महानगरपालिकाले पनि काठमाडौं महानगरपालिकाले जस्तै अनधिकृत संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो ।

ललितपुर महानगरपालिकाले आज अनियमित संरचना हटाउने/सुधार गर्ने सम्बन्धी ३५ दिने सार्वजनिक सूचना निकालेको छ ।

‘ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्शा स्वीकृत बिना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिंढीलगायतका संरचना तथा नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरूलगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचनाहरू यो सूचना प्रकाशित भएको मितिले ३५ ( पैंतिस) दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्नु हुन अनुरोध छ ।’, सूचनामा उल्लेख छ ।

उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे/ नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरू हटाउने व्यहोरा समेत सम्पूर्ण नगरबासीहरूको जानकारीका लागि सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ । चिरिबाबु पनि यो सूचना प्रकाशित गरेर बालेन पथमा अग्रसर भएका छन् ।

 

क्याटेगोरी : समाचार
ट्याग : #अनधिकृत संरचना, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नर्भिक इन्टननेशनल हस्पिटल, #ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, #सार्वजनिक जग्गा हडप्ने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com