सुगन्ध सहितको पुष्पाञ्जली प्रिमियम अगरबत्ती नेपाली बजारमा


काठमाडौं ।नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपालले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

आकर्षक प्याकेजिङ्गले सुसज्जित पुष्पाञ्जली अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ८० वटा ब्राउन रङ्गका सुगन्धित काँटीहरू हुनेछन् । कम्पनीले पुष्पाञ्जली अगरबत्तीको प्रति प्याक विक्री मूल्य रु.१०० कायम गरेको छ । यस अगरबत्तीमा फुलको थप सुगन्ध भएकोले हरेक शुभ कार्यको निमित्त उपयुक्त हुनुका साथै पूजाको अद्वितिय अनुभव प्राप्त गर्न सकिने छ ।

यस अगरबत्तीले उत्कृष्ट गुणस्तरियता कायम राखी साथमा मंगलदीप ब्राण्डको छबि र ब्राण्डप्रति उपभोक्ताको लगावलाई बलियो बनाउँछ भन्ने आशा राखेको छ ।

दैनिक पूजामा प्रयोग हुने विभिन्न सुगन्धित फूलहरूको सम्मिश्रण मंगलदीप पुष्पाञ्जली अगरबत्तीमा रहेको छ । पुष्पाञ्जली अगरबत्तीका प्रिमियम सुगन्धले मन आनन्दित बनाई परमात्माको ध्यानमा दत्त चित्त भई लाग्न उत्प्रेरित गर्नेछ । यस अगरबत्तीको सुगन्धले सम्पूणर् घरलाईनै पावन बनाउँछ । आफ्नो हरेक विहानी पुष्पाञ्जली प्रिमियम अगरबत्तीको थप सुगन्ध प्रयोग गरी आफ्नो दैनिकी लाई सुमधुर बनाउँछ ।

यस उत्पादनले, प्रिमियम अगरबत्ती खोज्नुहुने सम्पूणर् ग्राहक महानुभावहरूको मन जित्ने विश्वास कम्पनीले लिएको छ । मंगलदीप पूजा अगरबत्ती अन्तर्गत चम्पा, अर्पण, स्यान्डल, ल्यावेंडर, ज्यास्मिन, त्रिसारा, तथा त्रेया लगाएतका विभिन्न ब्रान्डहरू बजारमा सर्बत्र उपलब्ध छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com