डेंगुले महामारीको रुप लिँदै, पछिल्लो २४ घण्टामा थपिए २ हजार बढी संक्रमित


काठमाडौं । डेंगु रोगले नेपालमा महामारीको रुप लिँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २६ जना डेंगुका बिरामी थपिएका छन् । त्यस्तै २४ घण्टाभित्र ४ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । डेंगुका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ । यो हालसम्मकै उच्च संख्या हो ।

साउन १ गतेदेखि यता नेपालमा डेंगु रोगका बिरामीको संख्या २७ हजार ५ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हालसम्म ७६ जिल्लामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य मन्त्रालयको रेकर्ड छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९ जना डेंगुका बिरामी डेंगुका बिरामी भेटिएका छन् भने दोस्रोमा लुम्बिनी प्रदेशमा ३ हजार ५० डेंगुका बिरामी फेला परेका हुन् । त्यस्तै सुदुरपश्चिम प्रदेशमा ८२१, प्रदेश १ मा ८१५, गण्डकी प्रदेशमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जना डेंगुका बिरामी फेला परिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डेंगु महामारी घोषणा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com