रासायनीक असर बिना लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपाल भित्रियो


काठमाडौं । डेंगु नियन्त्रणमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सुतिरेहका बेला डेंगु नियन्त्रणमा बिभिन्न कम्पनीहरु सक्रिय भएका छन् । उनिहरुले जनताको राहतका लागि रासायनीक असर बिना लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी नेपाल भित्राएका छन् ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै सफल स्वास्थ्य सेवा प्रालिले रासायनीक असर बिना लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाशक औषधी पहिलो पटक नेपाल आएको बताएको छ । सस्तोमा आम नागरिकले उक्त औषधी प्रयोग गर्न पाउँनेछन् ।
भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम किटनाशक औषधी नेपालमा सफल स्वास्थ्य सेवा प्रा.लिको सहकार्यमा ल्याइएको हो । उक्त औषधीले लामखुट्टेको लार्भालाई नष्ट गर्ने दावी गरिएको छ । नेपाल बाहेक अन्य धेरै देशमा यसको प्रयोग भइरहेको छ ।

उत्पादक कम्पनी अजय बायोटेकका नेपाल प्रतिनिधी रुनाल तामाङ्गले नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा सफल परिक्षण भएको बताए । उनले १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने बताए ।
लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक अच्युत अधिकारीले बताए । विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीले दावी गरे ।

यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा जिडि ठाकुरले पनि उक्त औषधी नेपालमा प्रयोग गर्न उचित हुने बताए । तीन तहको समन्वय नहुदा डेंगु बढेको भन्दै उनले नियन्त्रणमा सबै एकजुट भएर लाग्न अनुरोध गरे ।
त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पुर्व निर्देशक डा बाबुराम मरासिनीले यसलाई समयमा नियन्त्रण नगरे भबिष्यमा गंभिर रुपमा देखा पर्ने स्पष्ट पारे । अहिले राज्यको पहिलो निर्णयनै डेंगु नियन्त्रणमा हुनु पर्ने धारणा राखे । संघीय संरचनाले पनि स्वास्थ्यलाई असर पारेको भन्दै उनले अफ्याराहरुको समाधान गर्दै अगाडी बढ्नु पर्ने ताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com