सम्पादकलाई पत्र

नर्भिक ल्याबको गलत रिपोर्टले खतरा


काठमाडौं । मेरो नातिलाई डेङ्गु भएकाले (विरामी दर्ता नं. आइआर ८०००१४४३ वेड नं. ४०३,पछि ४११) नर्भिक अस्पताल, थापाथलीमा गत भदौ २३ मा भर्ना गरियो । रक्त परीक्षणमध्येमा प्लेटलेट्स अर्थात् स्वेत रक्तकण १ लाख ५० हजार देखि ४ लाखसम्म हुनु पर्ने रहेछ । डेङ्गुमा प्लेटलेट्स घट्दै जाने रहेछ । ५० हजारभन्दा कम भएमा खतराको अवस्था भई विशेष उपचार गरिनु पर्ने रहेछ ।

भर्ना गर्दा २३ गते १ लाख ५९ हजार, २४ गते १ लाख ७१ हजार, २५ गते घटेर १ लाख ५४ हजार, २६ गते घटेर १ लाख २७ हजार, २७ गते बिहान झन् घटेर ८९ हजार र अपरान्ह ४ बजे केही बढेर ९८ हजार पुगेको थियो । २८ गते बिहान झन् घटेर ७२ हजार पुग्यो । २९ गते बिहान त झन घटेर खतराको सीमामा ५४ हजार पुगेको प्रतिवेदन आयो ।

नर्भिकको परीक्षणको प्रतिवेदनमा शंका लागेर २९ गते बिहान ७ बजे दुईवटा नमूना लिइयो । एउटा नर्भिकमा र अर्को नर्भिकबाहिर सम्यक डाइगोनिष्टिक ल्याब जावलाखेलामा जँचाइयो । प्लेटलेट्स नर्भिकमा ५४ हजार मात्र देखाएकोमा सम्यकमा १ लाख देखायो । नर्भिकले खतराको सीमा देखाएकोमा सम्यकबाट हामीलाई राहत मिल्यो । इसिनोफिल्स नर्भिकमा ०२ देखाएकोमा सम्यकमा ७ देखायो । अन्यमा पनि केही फरक देखिन आयो ।

डेङ्गुको अन्य लक्षण जरो समेत ३ दिनदेखि बिसेक भईसकेकोमा यो प्लेटलेट्स घटेको रिपोर्टले हामी परिवारमा चिन्ता बढाईरहेको थियो । चिकित्सकले घर जान सुझाएपनि प्लेटलेट्स ५० हजारको सीमामा पुगेकोमा खतरा टरिसकेको मानिदैन रहेछ भन्ने अन्य विशेषज्ञबाट थाहा भयो । घर लगेपछि चापेमा अस्पतालमा सिट पाउन गाहरो स्थिति भएकाले घर लैजान पनि सकिएन ।

ख्यातिप्राप्त र विश्वसनीय भनेको नर्भिक अस्पतालमाथिको ल्याब परीक्षणबाट बिरामी र अभिभावकलाई सन्त्रासको स्थिति सिर्जना भएको छ । हामीलाई शंका लागेकाले बाहिर जँचायौँ । कतिपय बिरामीका अभिभावक नर्भिककै रिपोर्टमा भर परेका पनि हुन्छन् । यो परीक्षण परिपाटी मानव स्वास्थ्यको लागि गम्भीर र जीवनमरणको प्रश्न हो ।

नर्भिकको यो रिपोर्टबाट उसको अत्याधुनिक कम्पुटराइज्ड भनिएको उपकरणले ठीक रुपमा काम गरेको देखिन आएन । कित उसका टेक्निसियनहरुले लापरबाही गरे वा ५ तारे विलासी अस्पतालमा बिरामीलाई बढी दिन राख्ने दुराशयले गलत रिपोर्ट दिने गोप्य प्रचलन रहेको छ कि ?

यदी यसरी गलत रिपोर्ट आउने हो भने मेरो नातिको रगतको प्लाटिलेटमा मात्र होइन, अस्पतालमा आएका दैनिक हजारौं बिरामीका अन्य सवै खालका परीक्षणपनि विश्वसनीय मान्न सकिन्न । परीक्षण रिपोर्ट गलत रुपमा देखाइयो भने चिकित्सकले गलत रिपोर्टको आधारमा उपचार गर्दा बिरामीको ज्यान जान सक्छ । कुनै तत्व न्यूनतमभन्दा धेरै कम रहेको अवस्थामा पनि नर्मल देखाई दियो भने ज्यानमा खतरा हुन सक्छ ।

त्यसैले नर्भिक जस्तो अस्पतालको यो लापरबाहीबाट सतर्क हुन म बिरामीका अभिभावक, सरकारी निकाय र अस्पताल सञ्चालक वसन्तकुमार चौधरीलगायतको ध्यानाकर्षण गराउन चाहन्छु ।

गौरीबहादुर कार्की

gauribkarki@gmail.com

भक्तपुर, सूर्यविनायक नपा ८

 

क्याटेगोरी : विचार, सुशासन
ट्याग : #गौरीबहादुर कार्की, #नर्भिक इन्टननेशनल हस्पिटल, #ल्याब ठगी, #वसन्त कुमार चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com