डेंगु रोगले उत्साह खोसेको दसैँ


काठमाडौं । यसपटकको दसैँको उत्साह डेंगु रोगले खोसेको छ । अघिल्ला वर्ष कोभिड-१९ का कारण खासै उत्साहजनक हुन सकेका थिएनन् । यसपटक कोभिड-१९ को संक्रमण बिस्तारै कम हुन थालेपछि नेपालीहरू दसैँ मनाउन उत्साहित थिए । तर डेंगु संक्रमण तीब्र रुपमा फैलिन थालेपछि दसैँको यसपटक पनि दसैँको उत्साह खोसिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म डेंगुका कारण ३ दर्जन बढीको मृत्यु भइसकेको छ । ३० हजार बढी डेंगुका बिरामी फेला परिसकेका छन् । दसैँ नजिकिएसँगै संक्रमण दर झन तीब्र गतिमा फैलिरहेको छ । काठमाडौंका अधिकांश घरमा डेंगुका बिरामी थपिन थालेपछि दसैँको चहलपहल घटेको हो । कोरोनाले खोसेको दसैँको उत्साह फेरि डेंगुले थला परेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com