कोरोनामा नभेटिएका रवीन्द्र मिश्र चुनावमा देखा परे


काठमाडौं । कोरोना (कोभिड-१९) को तीब्र संक्रमण हुँदा जनतामाझ नभेटिएका रवीन्द्र मिश्र चुनावमा देखा परेका छन् ।

गत प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट  १० हजार बढी मत ल्याएका मिश्र ३ वर्ष कोरोनाको तीब्र संक्रमण हुँदा आफूलाई १० हजार बढी मत दिने उक्त क्षेत्रका जनताको अवस्था बुझ्न एक पटक पनि नआएको स्थानीयको आरोप छ । कांग्रेस नेता प्रकाशमान सिंहसँग ८ सयको झिनो मतान्तरले पराजित मिश्र कोरोनाकालमा आफू चुनाव लडेको निर्वाचन क्षेत्रमा एक पटक पनि नआएकोमा स्थानीयहरूले चित्त दुःखाउँदै आएका छन् ।

कोभिड-१९ को समयमा घर-घरमा कोरोना संक्रमित थिए । मान्छेहरू अक्सिजन र औषधिहरू नपाएर मान्छेहरू तड्पिरहेका थिए । कतिपयले अस्पतालमा बेड नपाएर अकालमै ज्यान गुमाउनु पर्‍यो । त्यस्तो अवस्थामा पनि विवेकशील साझा पार्टीबाट तराजु चुनाव चिन्ह लिएर उठी भारी मत पात्र गरेका मिश्र आफ्नो निर्वाचन क्षेत्रमा गएनन् । अघिल्लो प्रदेशसभाको निर्वाचनमा ४ हजार मत ल्याउन सफल विवेकशीलकी समिक्षा मिश्रले अहिले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिँदा उक्त ठाउँबाट २ सय मत पनि कटाउन नसक्नुले त्यो कुराको संकेत गर्छ ।

कोभिड संक्रमणको बेला नभेटएका मिश्र फेरि राप्रपाको हलो चुनाव चिन्ह लिएर निर्वाचनमा देखा परेका छन् । उनले काठमाडौं क्षेत्र नम्बर १ बाट फेरि प्रतिनिधिसभामा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

रत्नराज्य स्कुललगायतमा त्यो क्षेत्रबाट निर्वाचित प्रदेश तथा प्रतिनिधसभाका सदस्यहरुले कोरोना आइसोलेसन खोलेर अभावमा पनि घर-घरमा अक्सिजन सिलिन्डर उपलब्ध गराउँदा मिश्रको अत्तोपत्तो थिएन । जनप्रतिनिधिहरूले घर-घरमा औषधि लिएर पुग्ने मात्र होइन स्कुटरमा पठाओको काम समेत गरे । मिश्र भने कोरोनाकाल सकिएपछि एक्कासी शुक्रबार थापाँगाउँस्थित बानेश्वर ब्यान्क्वेटमा प्रतिनिधिसभाको उम्मेदवारको घोषणा गर्न पुगेका हुन् । कोरोनामा नभेटएका रवीन्द्र मिश्र चुनावमा देखा परे भनेर अहिले बानेश्वर क्षेत्रमा उनको चर्चा चलिरहेको छ ।

कोरोनामा मतदाताको स्वास्थ्यको विषयमा पटक्कै चासो नदिएका मिश्रले अहिले निःशुल्क र गुणस्तरीय स्वास्थ्यको एजेन्डा लिएर चुनावमा होमिन खोजेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना चुनाव, #रवीन्द्र मिश्र, #हलो तराजु

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com