स्वयंसेवकमार्फत सिटामोल र जीवनजल बाँड्दै बालेन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दसैँको अवसरमा स्वयंसेवकमार्फत सिटामोल र जीवनजल बाँड्ने तयारी गरिएको बताएका छन् । ५ सय ५८ जना स्वयंसेवकहरुमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् ।

दसैँ विदाका लागि विशेष व्यवस्था भन्दै मेयर बालेनले स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने घोषणा गरेका हुन् । नजिकको स्वास्थ स्वयंसेवकमार्फत सिटामोल र जिवनजल प्राप्त गर्न सक्ने मेयर बालेनको भनाइ छ । २४ घन्टे हटलाईन सेवा निरन्तर राख्ने व्यवस्था मिलाईएको बताउँदै उनले ११८० मा फोन गरेर डेङुको बारेमा जानकारी लिन सक्ने स्पष्ट पारेका  छन् ।  १०२ मा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने पनि उनले जनाएका छन् ।

डेंगु संक्रमण तीब्र रुपमा फैलिएको अवस्थामा पनि काठमाडौं महानगरपालिकाले कुनै कदम नचालेको आरोप लागिरहँदा बालेनले स्वयंसेवकहरुमार्फत सिटामोल र जीवनजल वितरण गर्ने उद्‌घोष गरेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com