आजबाट भारी वर्षा हुने, यात्रा गर्दा ज्यान जोखिममा पर्ने खतरा


काठमाडौं । आजबाट देशभर भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि देशका केही स्थानमा भारी वर्षासहितको पानी पर्ने पूर्वानुमान रहेको जनाएको छ ।

वर्षाका कारण बाढी, पहिरो र भूक्षय हुने उच्च सम्भावना भएकाले यात्रा गर्दा ज्यान जोखिममा पर्ने खतरा रहेको छ । आफ्नो घरगाउँ बाढी र डुबानको जोखिममा भए मोबाइलको ब्याट्री चार्ज गरेर प्रयाप्त ब्यालेन्स हाल्न प्राधिकरणले सुझाव दिएको छ । बाढीबारे बुझ्न ११५५ मद्दतका लागि ११४९ र प्रहरी डाक्न १०० मा सम्पर्क गर्न सकिने प्राधिकरणले जानकारी गराएको छ ।

नगद, गरगहना, महत्त्वपूर्ण कागजात नागरिकता, लालपूर्जा, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र जस्ता कागजातहरू सुरक्षित राख्न पनि प्राधिकरणले सुझाएको छ । दसैँको समय भएकाले यात्रा गर्दा विशेष ध्यान दिन सुझाव दिइएको छ । भारी वर्षाका कारण यात्रा र असुरक्षित ठाउँमा बस्दा ज्यान जोखिमका पर्ने भएकाले यसमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com