स्वास्थ्यमन्त्री खापुङले ९३ वर्षीया आमाको हातबाट टीका ग्रहण गर्ने


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले ९३ वर्षीया आमाको हातबाट टीका ग्रहण गर्ने भएका छन् । विगतमा तेह्रथुम गएर विजया दशमीको टीका लगाउँदै आएका मन्त्री खापुङले यस वर्ष मन्त्री क्वाटर्रमै लगाउने भएका छन् ।

‘विगतमा गाउँमा गएर आमाको हातको टीका लगाउँदै आएको थिए’, मन्त्री खापुङले स्वास्थ्य लाइभसँग भने, ‘यस वर्ष आमा बिरामी भएकाले काठमाडौं आउनु भएको छ । त्यसैले क्वाटरमै टिका लगाउने निर्णय गरेका छौं ।’, उनले टीकाको शुभ साइत अर्थात् ११ बजेर ४५ मिनेटमा टीका लगाउने बताए । मन्त्री खापुङले विजया दशमीको अवसरमा सबै सेवामा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुभकामना दिएका छन् । उनले दसैँको समयमा पनि घर परिवार र चाडँबाड नभनी सेवामा खटिएका स्वास्थ्यकर्मीहरुले सबैको मनोबल उच्च बनाएको बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com