गगन र प्रदीपलाई डाक्टको चुनौती


काठमाडौं । नेपाली कांग्रेसका युवा नेताद्वय गगनकुमार थापा र प्रदीप पौडेललाई डाक्टको चुनौती दिएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी गगन र पराजित प्रदीपले प्रतिनिधिसभाको निर्वाचनमा डाक्टरको चुनौती खेप्नु परेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्यमन्त्री गगनलाई युवा चिकित्सक अर्चन शम्शेर राणाले चुनौती दिएका छन् । उक्त क्षेत्रबाट दुईपटक निर्वाचित भइसकेका थापालाई नेकपा एमालेका डा. राजन भट्टराईका साथै हाम्रो नेपाली पार्टीबाट डा. अर्चनले चुनौती दिएका हुन् ।

लौरो चुनाव चिन्ह लिएर उठेका डा. अर्चन थापा र भट्टराईलाई पराजित गरेर प्रतिनिधिसभामा छिर्ने दाउमा लागेका छन् ।

बा आमालाई टेकाउने, भ्रष्टहरूलाई सेकाउने लौरो लिएर डा. अर्चन गगन र राजनकाबिरुद्धमा काठमाडौं-४ को मैदानमा खडा भएका छन् । डा. अर्चनलाई धेरैले उम्मेदवारी फिर्ता लिएर गगनलाई सहयोग गर्न आग्रह गर्दा पनि उनले चुनाव लड्ने र जित्ने भन्दै उम्मेदवारी फिर्ता लिन मानेनन् । डा. अर्चनको पक्षमा काठमाडौं-४ मा खासै माहोल नदेखिए पनि चुनाव नजिकिँदै जाँदा गगन र राजनका लागि उनी जुनौती बन्ने सम्भावना देखिन्छ ।

यता काठमाडौं-५ को प्रतिनिधिसभामा प्रदीप र इश्वर पोखरेललाई चुनौती दिने गरी डा. रामप्रसाद उप्रेती चुनावी मैदानमा खडा भएका छन् ।  कांग्रेस युवा नेता पौडेल र एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई पराजित गर्ने रणनीतिमा साथ उम्मेदवारी दिएको डा. उप्रेतीको दाबी छ ।

राप्रपाको हलो चुनाव चिन्ह लिएर काठमाडौं-५ को चुनावी मैदानमा खडा भएका डा. उप्रेती पौडेल र पोखरेल दुबैका लागि चुनौती बन्ने देखिन्छ । कोरोनाकालमा ओम्नी काण्ड हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार रहेका डा. राजन भट्टराईको क्षेत्रमा डा. राणा र उपप्रधानमन्त्री बनेर उक्त खरिदको निर्देशन दिने ठाउँमा रहेका पोखरेललाई डा. उप्रेतीले चुनौती दिने सम्भावना बढेको हो । उनीहरू ओम्नी काण्डमा मुछिएकाहरूको विकल्प हुन सक्ने धेरैको अनुमान छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #इश्वर पोखरेल, #डा. अर्चन शम्शेर राणा, #डा. राजन भट्टराई, #डा. रामप्रसाद उप्रेती, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #प्रदीप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com