लौरो लिएर ५ डाक्टर चुनावी मैदानमा


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन ५ जना डाक्टर लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका छन् ।

हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर काठमाडौंसहित ५ स्थानमा चिकित्सकहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

काठमाडौं-४, ललितपुर-२, सप्तरी-३, सर्लाही-२ र बारा-१ बाट लौरो चुनाव चिन्ह लिएर ५ जना चिकित्सक चुनावी मैदानमा खडा भएका छन् ।  प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ बाट डा. अर्चन शम्शेर राणा, ललितपुर क्षेत्र नम्बर २ बाट डा. सुदिन शाक्य, सप्तरी क्षेत्र नम्बर ३ बाट डा. नवीन मण्डल, सर्लाही क्षेत्र नम्बर २ बाट डा. वीरबंश बैठा र बारा क्षेत्र नम्बर १ बाट डा. राकेश न्यौपाने लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका हुन् ।

हाम्रो नेपाली पार्टीको लौरो अभियानबाट उठेका यी चिकित्सकहरू स्वतन्त्र उम्मेदवार भने हैनन् । लौरो चुनाव चिन्ह लिएर रुपन्देही-२ बाट उठेका डा. निकोलस भुसालको उम्मेदवारी भने निर्वाचन आयोगले खारेज गरिदिएको छ । काठमाडौं महानगरपालिकाको प्रमुखमा ई. बालेन शाह लौरो चुनाव चिन्हबाट निर्वाचित भएपछि यी ५ चिकित्सक पनि लौरो चिन्ह लिएर चुनावी मैदानमा खडा भएको देखिन्छ । अन्य पार्टी र स्वतन्त्र हैसियतामा करिब २ दर्जन चिकित्सक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com