डेंगु र कोरोनाको चेपुवामा तिहार


काठमाडौं । २०७९ को तिहार विगत केही वर्षको तुलनामा निकै हर्ष उल्लासका साथ मनाइँदै छ । काग तिहार, कुकुर तिहार, लक्ष्मी पूजा सम्पन्न भइसकेको छ । तिहारको मुख्य दिन भाइटीका / किजा पूजा भने १० गते बिहीबार मनाइँदै छ ।

आज गाईगोरु पूजा गरेर तिहार मनाउँदै छ । आज खण्डग्रास सूर्यग्रहण लाग्ने दिन समेत हो । अघिल्ला तिहारमा कोरोना (कोभिड-१९ ) को मात्र त्रास रहने गरको थियो । तर यसपटकको तिहारमा डेंगुले समेत मानिसहरूलाई दुःख दिएको छ ।

डेंग संक्रमणका कारण कतिपय मानिसहरू घरमा तिहार मनाउन नपाइ अस्पतालमा भर्ना हुन बाध्य भएका छन् । सरकार र राजनीतिक दलले डेंगु नियन्त्रणमा प्रभावकारी कदम नचाल्दा नागरिकहरु डेंगु संक्रमणले तिहार नमनाइ अस्पतालमा बस्न बाध्य भएका हुन् ।

डेंगुले आम जनतालाई अत्याइरेका बेला नेपालमा पनि ओमिक्रोनको सबभेरिएन्ट (XBB) नेपालमा समेत फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

दीपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकाले कोभिड-१९ तीब्र गतिमा फैलिने भएकाले मास्कको उचित प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने र बेलाबेलामा साबुनपानीले हात धुने जस्ता जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

तिहारको बेला खेलिने देउसी भैलोमा भीडभाड गरेर रमाइलो गर्दा ओमिक्रोनको सबभेरिएन्ट फैलिने भएकाले यसपटकको तिहार पनि कोरोना र डेंगुको चेपुवामा परेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कोरोना, #डेंगु, #तिहार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com