उमेश श्रेष्ठलाई रविले भारी मतले पराजित गरे


काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उमेश श्रेष्ठलाई रवि लामिछाने भारी मतले पराजित गरेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिनिधसभामा रविले ३४ हजार १ सय ६२ मत अन्तरले उमेशलाई हराएका हुन् । घण्टी चुनाव चिन्हबाट उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका  रवि लामिछाने ४९ हजार २ सय ६१ मत ल्याएर विजयी भएका हुन् । कांग्रेसको रुख चुनाव चिन्हबाट उठेका उमेश श्रेष्ठले १५ हजार ९९ मत पाएका छन् ।
एमालेको सूर्य चुनाव चिन्हबाट चुनाव लडेका कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४९ मत ल्याएर तेस्रो भएका छन् ।
उमेश र कृष्णभक्तको मत भन्दा तेब्बर बढी मत ल्याएर रविले चुनाव जितेका हुन् । दोस्रो हुनका लागि उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । उमेश दोस्रो भएका छन् । २०७४ सालको आम निर्वाचनमा कृष्णभक्त उक्त क्षेत्रबाट निर्वाचित भएका थिए । अहिले उनी तेस्रो भएका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #उमेश श्रेष्ठ, #कृष्णभक्त पोखरेल, #रवि लामिछाने

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com