बालेनले काठमाडौंबाट निर्वाचित सांसदलाई बधाई दिँदै स्वस्थ महानगर बनाउन साथ मागे


काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौंबाट निर्वाचित सांसदहरूलाई बधाई दिँदै स्वस्थ महानगर बनाउन साथ मागेका छन् । उनले काठमाडौंबाट निर्वाचित सांसदहरू प्रकाशमान सिंह, गगनकुमार थापा, प्रदीप पौडेल, सन्तोष चालिसे, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, शिशिर खनाल, सोबिता गौतम र कृष्णगोपाल श्रेष्ठको फोटो राखेर बधाई दिँदै साथ मागेका हुन् ।

बालेनले खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्ने उल्लेख गरेका छन् ।

बालेनले बधाई दिँदै लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।

काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।

काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।’,

क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, #गगनकुमार थापा, #गणेश पराजुली, #टुकुचा, #प्रकाशमान सिंह, #प्रदीप पौडेल, #फोहोर व्यवस्थापन, #बागमती, #विराजभक्त श्रेष्ठ, #शिशिर खनाल, #सन्तोष चालिसे, #सोविता गौतम

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com