डलर अर्बपति चौधरीले पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई हराए


काठमाडौं । प्रतिनिधिसभा नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार डलर अर्बपति विनोद चौधरी निर्वाचित भएका छन् । उनले पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई ७ हजार १ सय ८७ मत अन्तरले पराजित गरेका छन् ।

पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी २२ हजार ३ सय ८ मत प्राप्त गर्दा चौधरीले २९ हजार ४ सय ९५ मत ल्याएर विजयी भएका हुन् । नवलपरासीमा एकछत्र राज गरिरहेका पूर्व स्वास्थ्यमन्त्री त्रिपाठीलाई चौधरीले राजनीतिक ‘ब्रेक’ लगाइदिएका छन्  ।

 

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व स्वास्थ्यमन्त्री हृदेश त्रिपाठी, #विनोद चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com