डा. शेखर कोइरालाले लालबाबुलाई भारी मतले हराए


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले एमालेका लालबाबु पण्डितलाई भारी मतले हराएका छन् । उनी १२ हजार १ सय ८६ को भारी मतान्तरसहित मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

एमालेका लालबाबु पण्डितले २२ हजार ९ सय ३२ मत प्राप्त गर्दा कांग्रेसका डा. शेखर कोइरालाले ३५ हजार २ सय १८ ल्याएर विजयी भएका हुन् । लालबाबुसँग शेखरले अघिल्लोपटकको हारको बदला लिँदै भारी मतले पराजित गरेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #एमालेका लालबाबु पण्डित, #डा. शेखर कोइराला, #नेपाली कांग्रेस

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com