मोरङ-६ मा डा. शेखर कोइरालाले लालबाबु पण्डितसँग बदला लेलान् ?


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. शेखर कोइराला यसपटक मोरङ-६ बाट चुनाव जित्ने रणनीतिका साथ मैदानमा खडा भएका छन् ।

अघिल्लो पटक एमाले नेता एवं पूर्व मन्त्री लालबाबु पण्डितसँग ६ सय ७५ मतान्तरले पराजित डा. कोइरालाले यसपटक सहजै जित हासिल गर्ने अनुमान गरिएको छ । मोरङ-६ मा डा. शेखर कोइरालाले लालबाबु पण्डितसँग बदला लिने सम्भावना रहेको चर्चा सुरु भएको छ ।

मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका डा. कोइरालालाई यसपटक नेकपा माओवादी केन्द्रको पनि समर्थन रहेको छ । अघिल्लोपटक माओवादी केन्द्रले एमाले नेता पण्डितलाई समर्थन गर्दा पनि झिनो मतान्तरले पराजित डा. कोइरालालाई यसपटक जित्न सहज भएको चर्चा छ ।

प्रतिनिधिसभामा डा. कोइरालालाई पण्डितले पराजित गरेपनि प्रदेश सभामा कांग्रेसका दुबै उम्मेदवार निर्वाचित भएका थिए । यसपटक एउटा प्रदेश क्षेत्र नेकपा माओवादी केन्द्रलाई दिएर डा. कोइरालाले आफ्नो जित सुनिश्चित गरेको चर्चा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनबाट उम्मेदवार बनेकाले डा. कोइरालालाई जितका लागि सहज भएको देखिन्छ ।

साइकलमा तेल हालेकोदेखि कर्मचारी समायोजनमा निष्पक्ष काम नगरेको भनेर एमाले उम्मेदवार पण्डितको आलोचना हुँदै आएको छ । सामान्य प्रशासनमन्त्री हुँदा पहिलो कार्याकालमा डिभी/पीआरले चर्चामा आएका पण्डित दोस्रो कार्यकालमा आलोचित बन्नुले त्यसको लाभ डा. कोइरालाले पाएका छन् ।

यसपटक डा. शेखर कोइरालाले लालबाबु पण्डितसँग बदला लिएर जित हासिल गर्ने सम्भावना बढेको स्थानीय मतदाताहरु बताउँछन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #डा. शेखर कोइराला, #लालबाबु पण्डित

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com